सुनचाँदीको भाउ बढ्यो

 चैत ७, २०७५ बिहिबार ११:३१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुनको भाउ बिहीबार तोलाको ६० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । 

मंगलबार तोलामा एक सय रुपैयाँ  घटेर ५९ हजार ७ सय मा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महंगो भएको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार सुनको भाउ आज प्रति औंस १३ सय १९ डलर छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४० रुपैयाँ तोकिएको छ । 


 
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया