जनताको जलविद्युत् कार्यक्रम : प्रधानमन्त्री र ऊर्जामन्त्रीले किने शेयर

 चैत ७, २०७५ बिहिबार ११:४१:५१ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी बिहीबार जनताको शेयर आवेदन शुभारम्भ गर्नुभएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले १० हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको हो । 

उहाँकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिनुभयो । यस आयोजनामा सुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ । यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ । 

‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ को नारासहित सो कार्यक्रम गएको फागुन २ गते उद्घाटन गरिएको थियो । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया