प्रदेशस्तरीय तेक्वान्दो छनाैटमा सुनसरी टिम प्रथम

 चैत ८, २०७५ शुक्रबार १४:३६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – तेक्वान्दोको १ नम्बर प्रदेश स्तरीय छनौट प्रतियोगितामा सुनसरी प्रथम भएको छ । 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङमा आयोजित छनौट प्रतियोगितामा १० स्वर्ण र ५ कास्यसहित सुनसरीले प्रथम स्थान प्राप्त गरेको हो । मंगलबारदेखि शुक्रबारसम्म माटिकोरे खेलमैदानमा सञ्चालित प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्दै मोरङले दोश्रो र ३ स्वर्ण र एक कास्यसहित उदयपुरले तेश्रो स्थान प्राप्त गरेको छ । 

सुनसरीका लागि ग्यारोगीतर्फ ७३ केजीमाथिका समूहमा पूजा राई, ८७ केजी तलको समूहमा अनिश श्रेष्ठ र ८७ केजीमाथिका समुहमा पदमबहादुर तामाङले स्वर्ण पदक दिलाएका छन् । 

पुम्सेतर्फ पनि सबै स्वर्णपदक सुनसरीले हात पारेको छ । पुरुष एकल पुम्सेमा सुनसरीका अर्जुन सुनुवार, महिला एकल पुम्सेमा सिना मादेन, जोडी पुम्सेमा अर्जुन सुनुवार र सिना मादेनको जोडीले स्वर्ण जितेको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष माइतीराज राईले बताउनुभयो । 

यस्तै, ग्यारोगीमा मोरङका लागि ४६ केजी मुनि तौल समूहमा अर्चना राजवंशी, ८० केजी मुनि तौल समूहमा इश्वर बास्कोटा र ६८ केजी मुनि तौल समूहमा आकाश उप्रेतीले स्वर्ण पदक जितेका छन् । 
उदयपुरका लागि ग्यारोगीतर्फ ६३ केजी मुनि तौल समूहमा इन्दिरा बस्नेत, ७३ केजी मुनि तौल समूहमा लक्ष्मी सुनुवार र ५३ केजी मुनि तौल समूहमा सन्ध्या सिंले स्वर्ण पदक जिताएकी छन् । 

प्रतियोगीतामा ४६ केजी तल भोजपुरकी सुस्मिता राई, ४९ केजी तल झापाकी अन्जु श्रेष्ठ, ६७ केजी तल ओखलढुंगाकी अनिका राजभण्डारी, ५४ केजी तल झापाका अरुण डाँगी, ५८ केजी तल खोटाङका मोहन राई र ६३ केजी तल ईलामका मिलनकुमार शेर्माले स्वर्ण पदक जितेका पुर्वाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया