साफ महिला च्याम्पियनिसप फाइनल : पहिलाे हाफ सकिँदा नेपाल र भारत एक-एककाे बराबरीमा

 चैत ८, २०७५ शुक्रबार १५:५७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ -  विराटनगरमा जारी पाँचौ महिला साफ फुटबल च्याम्पियनिसपको फाइनलमा नेपाल र भारत भिडिरिहेका छन् । दुवै टिम अपराजित रहँदै फाइनलमा उपाधि भिडन्त गरेका हुन् ।

फाइनलकाे पहिलो हाफ एक-एककाे बराबरीमा सकिएकाे छ । सुरुदेखिनै आक्रामक फुटबल खेलेको नेपालले  गोल गर्ने अवसर भने खेर फाल्याे। तर २६ औं मिनेटमा नेपालकी हिरा कुमारी भुजलेले फल गरे पछि पाएको फ्रीकिकलाई डालिमा छिब्बरले उत्कृष्ट गोल गरेकी थिइन् ।

एक गोलले पछि परेको ७ मिनेटपछि नै नेपाल खेलमा फर्किएको थियो । प्रत्येक खेलमा गोल गरेकी सावित्रा भण्डारीले भारतविरुद्ध ३३ औं मिनेटमा हेडर गोल गर्दै नेपाललाई फर्काउन सफल भइन् ।

नेपालले  सेमिफाइनलमा  श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल  पाँच  संस्करणमध्ये  चौथो  पटक  फाइनलमा पुगेको  छ  भने  भारतले  लगातार  पाँचौं  फाइनल  खेल्दै  छ  ।

यसअघि  लगातार  चार  पटक  भारतले  नै  उपाधि जितेको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया