साफ महिला च्याम्पियनिसप : नेपालविरुद्ध भारतकाे २-१ काे अग्रता

 चैत ८, २०७५ शुक्रबार १६:२६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – साफ महिला च्याम्पियनसिपको फाइनलमा भारतले नेपालविरुद्ध दुई–एकको अग्रता बनाएकाे छ ।

खेलको २६ औँ मिनेटमा फ्रीकिकमार्फत डालिमा छिब्बरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी हुन् । त्यसकाे केही बेरपछि नेपालका लागि सावित्रा भण्डारीले ३३ औँ  मिनेटमा बराबरी गाेल गरेकी हुन् । 

दाेस्राे हाफकाे ६३औँ मिनेटमा भारतका लागि ग्रेस दाङमेईले गाेल गर्दै भारतलाई २-१ काे अग्रता बनाइन् । 

नेपालले  सेमिफाइनलमा  श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल  पाँच  संस्करण मध्ये  चौथो  पटक  फाइनलमा पुगेको  छ  भने  भारतले  लगातार  पाँचौं  फाइनल  खेल्दै  छ  ।

यसअघि  लगातार  चार  पटक  भारतले  नै  उपाधि जितेको थियो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया