बीएस येदियुरप्पाकाे गाेप्य डायरी : आडवाणीदेखि जेटलीसम्मलाई १८०० कराेड बाँडेकाे खुलासा

 चैत ८, २०७५ शुक्रबार १९:२२:५ | एजेन्सी
unn.prixa.net

भारतीय म्यागाजिन क्याराभानलाई प्राप्त विभिन्न गोप्य दस्ताबेजका अनुसार भारतीय राजनीतिमा अर्बाैंकाे चलखेल भएकाे खुलासा भएकाे छ । 

आयकर विभागसँग डायरीका यस्ता पानाहरु छन् जसमा बीजेपीका वरिष्ठ नेताहरु र कर्नाटकका पूर्व मुख्यमन्त्री बीएस येदियुरप्पाले बीजेपीका राष्ट्रिय नेता, न्यायाधीश तथा वकिलहरुलाई १८ सय करोड भारतीय रुपैयाँभन्दा बढी भुक्तानी गरेका थिए ।

येदियुरप्पाले यी कथित भुक्तानीलाई कर्नाटक विधानसभाको सन् २००९ को विधायक डायरीमा कन्नड भाषामा आफ्नै हस्ताक्षरमा लेखेका छन् । डायरीको त्यो पानाहरु आयकर विभागसँग सन् २०१७ देखि नै छ । येदिपुरप्पाले बीजेपीको केन्द्रीय समितिलाई १००० करोड रुपैयाँ दिएको  डायरीमा लेखेका छन् । डायरीमा उल्लेख भएअनुसार उनले वित्त मन्त्री अरुण जेटली र परिवहन मन्त्री नितिन गडकरीलाई १५०-१५० करोड भारु, गृहमन्त्री राजनाथ सिंहलाई १०० करोड र बीजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणी र मुरली मनोहर जोशीलाई ५०-५० करोड भारु दिएका छन् । 

यी सबै भुक्तानीका साथै यो डायरीमा गडकरीका छोराको बिहेको लागि भनेर १० करोड भारु दिने कुरा पनि लेखिएको छ । येदियुरप्पाका डायरीमा न्यायाधीशलाई २५० करोड भारु र वकिलहरुलाई ५० करोड भारु दिनेबारे पनि लेखिएको छ, तर कसैको नाम भने डायरीमा लेखिएको छैन ।

बीजेपी नेताहरु, न्यायाधीश तथा वकिललाई गरिएका भुक्तान डायरीको १७ जनवरी २००९ को पङ्कतिमा लेखिएका छन् । तर त्यो लेखिएको भने त्यसै दिन हो कि पछि हो भन्ने कुनै स्पष्ट छैन ।  

यदियुरप्पा २००८ मे देखि जुलाई २०११ सम्म कर्नाटकाका मुख्यमन्त्री रहेका थिए । प्राप्त त्यस डायरीका सबै पानामा येदियुरप्पाको हस्ताक्षर छ । उपलब्ध गोप्य सूचनाका अनुसार आयकर विभाग र केन्द्रको बीजेपी सरकारसँग डायरीको प्रतिलिपि अगस्ट २०१७ देखि नै थियो ।

यसै विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल कांग्रेसले यसबारेमा बीजेपीले स्पष्टिकरण दिनुपर्ने माग गरेकाे छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया