न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
एएफसी यू–२३ च्याम्पियनसिपको पहिलो छनोट खेलमा नेपाल ओमानसँग १–० गोल अन्तरले पराजित भएको छ ।
पहिलो हाफको १३ औं मिनेटमा गोल खाएपछि नेपाल बाँकी समयमा खेलमा फर्कन सकेन् । ओमानका लागि १३ औं मिनेटमा सलाह अल यायाहीको पासमा युुसुफ अल मलिकले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफमा खेलमा फर्कन प्रयास गरेको थियो ।
नेपालका विमल घर्ती मगर र अञ्जन विष्टले गोल गर्ने प्रयास गरे पनि असफल हुँदा नेपाल छनोटको पहिलो खेलमा पराजित हुन बाध्य बन्यो ।
आगामी जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा आयोजना हुने फाइनल चरणका लागि छनोट खेल्न नेपाली टोली कतार पुगेको हो ।
समूह ए मा रहेको नेपालले अब कतार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । ११ समूहबाट विजेता र चार उपविजेताका साथै थाइल्याण्डसहित १६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।