विप्लव नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वलीसहित नौ जना पक्राउ

 चैत ९, २०७५ शनिबार ८:०:३६ | कपिल कोइराला
unn.prixa.net

फाइल फाेटाे

काभ्रेपलाञ्चोक – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेको छ । 

काठमाण्डौबाट खटिएको प्रहरीको विशेष टोली  र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले शुक्रबार राति काभ्रेको खानीखोला गाउँपालिका–७ बाट उनीहरुलाई पक्राउ गरेको हो । वलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी,  विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की,  देव घिमिरे र लोकेन्द्र खडका पक्राउ परे पनि प्रहरीले भने घटनाबारे पूर्ण जानकारी दिएको छैन् । वली ललितपुरको नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका छन् ।

मध्यरातमा खानीखोलाबाट काठमाण्डौ आइरहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय श्रोतले जानकारी दिएको छ ।

उनीहरु बा १७ च ४८९३ नम्बरको गाडीमा काठमाण्डौ आउँदै गर्दा पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई काठमाण्डौ लगिएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया