सिरियाली प्रजातान्त्रिक सैन्य समूहले गर्‍याे इस्लामिक स्टेटमाथि विजयको घोषणा

 चैत ९, २०७५ शनिबार १५:१०:१२ | एजेन्सी
unn.prixa.net

अमेरिका समर्थित सिरियाली प्रजातान्त्रिक सैन्य समूह एसडीएफले इस्लामिक स्टेटमाथि विजय भएको घोषणा गरेको छ ।

पूर्वी सिरियाको बघाजमा कब्जा जमाएर बसेका इस्लामिक स्टेटको अन्तिम पकड क्षेत्रमाथि पनि विजय गरेपछि त्यो क्षेत्र स्वतन्त्र भएको बताइएको छ । केही दिन अगाडि त्यहाँ खटिएका अमेरिकी प्रजातान्त्रिक सैन्यले त्यहाँका आईएस क्याम्पहरुलाई विष्फोट गराएर लडाकुहरुलाई पक्राउ गरेकाे थियो ।

त्यसपछि आईएसले अतिक्रमण गरेर बसालेको उनीहरुको भूभागमाथि प्रजातान्त्रिक अमेरिकी सैन्यहरुले विजयको झण्डा फहराएका छन् । सिरियाली प्रजातान्त्रिक सैन्य समूह एसडीएफका प्रवक्ता मुस्तफा बालीले भने, ‘बघाज स्वतन्त्र भइसकेको छ र सैन्य जित भिएको छ ।’

उनले थपे, उनीहरुले बनाएको आतंककारी भूभाग फैलिदै सिरियाका अन्य भूभाग र छिमेकी इराकमा पनि फैलिसकेको थियो । त्यस्ता अतिवादी समूहलाई पूर्णतया नसिद्धयाउनसम्म युद्ध गर्नुपर्ने हुन्छ ।

साढे चार वर्षदेखि अतिवादी समूहको विरुद्ध लडिरहेको सैन्य शक्तिले सन् २०१४ बाट प्रमुख शहरसहित बेलायतजत्रो क्षेत्रफलमा शासन गरिरहेको यो समूहलाई परास्त गरेको छ ।

एसडीएफले सिरियाका तथा इराकका विभिन्न भूभागहरुमा धेरैसमय नियन्त्रण भने गर्दैन तर यी देशहरुमा आक्रमण गर्नको लागि विभिन्न सर्जिकल कार्यहरु गर्ने गरेको छ । यस्तै यसले इजिप्टको सिनाइ प्रायद्वीप र अफगानिस्तानलगायत अन्य देशहरुमा आफ्नो सम्बन्ध व्यवस्थापन गर्ने गरेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया