आईपीएलकाे उद्घाटन समाराेह नहुने, उद्घाटनकाे रकम पुलवामा हमलाका पीडित परिवारलाई दिइने

 चैत ९, २०७५ शनिबार १९:३८:४८ | उज्यालो सहकर्मी

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल केही बेरमा सुरु हुँदैछ ।

विश्व प्रसिद्ध लिग आईपीएल टी–२० फ्रेन्चाइजको सबैभन्दा ठूलो लिग पनि हो । यसमा विश्वका हस्ती क्रिकेटरहरुले सहभागिता जनाउँदैछन् । अघिल्लाे संस्करणदेखि नेपालका सन्दीप लामिछाने आईपीएलमा जोडिएपछि उनलाई पछाडि फर्कनुपरेको छैन् ।

आईपीएलमा आज उद्घाटन खेल हुँदै छ । तर यसअघि जस्तो उद्घाटन समारोहको भने आयोजना गरिएको छैन । कारण हो, पुलवामा क्षेत्रमा फेब्रुअरी १४ मा भएको हमला ।

उद्घाटन समारोहमा खर्च हुने रकम  उक्त हमलामा मारिएका सैनिक परिवारलाई दिने घोषणा गरिएको छ । त्यसैले उद्घाटन समारोह आयोजना नहुने बीसीसीआईले जनाएको छ ।

यसैगरी चेन्नाई सुपर किंग्सले पनि पहिलो खेलमा बिक्री हुने टिकटको सबै रकम उक्त घटनामा मारिएकाहरुका परिवारलाई प्रदान गर्ने घोषणा गरिसकेको छ । आईपीएलको उद्घाटन समारोह नभए पनि उद्घाटन खेलमा भने चेन्नाई र रोयल च्यालेन्जर्स बेंग्लोर नेपाली समय अनुसार सवा आठ बजे खेल्नेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया