एएफसी यू–२३ च्याम्पियनसिप छनोट: नेपालको सुरुवाती ११सार्वजनिक

 चैत १०, २०७५ आइतबार १८:३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तगर्त समूह ए को दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा ओमानसँग १–० गोलले पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने अवस्थामा छ । क्तारसँगको खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुवनती ११ खेलाडीको छनोट गरेका छन् । नेपाल र कतारबीचको खेल दोहास्थित एस्पायर एकेडेमीको ५ नम्बर मैदानमा नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ ।

एसियन च्याम्पियन टोली कतारविरुद्धको खेलमा गोलरक्षक अर्पण कार्की, डिफेन्डरहरु सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ, डिफन्सिभ मिडफिल्डमा तेज तामाङ, मिडफल्डमा गौरव बुढाथोकी, नितिन थापा, अन्जन विष्ट र सुनील बल तथा स्ट्राइकरमा बिमल घर्तीमगर टिममा परेका छन् ।

नितिनबाहेक ओमानविरुद्धको खेलमा सबै खेलाडी सरुवाती ११ मा थिए । ओमानसँगको खेलमा दोस्रो मिनेटमै खराब ट्याकलको शिकार भएका मिडफिल्डर हेमन्त थापामगरले आजको खेल खेल्न सक्ने छैनन् । उनले बाँकी खेल गुमाउने टोलीका चिकित्सक राजु डंगोलले जानकारी दिए ।

ओमानविरुद्ध हेमन्तलाई नितिनले प्रतिस्थापन गरेका थिए । नेपालले ४–१–४–१ को फर्मेसनमा टिम मैदानमा उतार्नेछ । फिफा वरीयातामा १ सय ६१ औं स्थानमा रहेको नेपालका लागि आफूभन्दा ९४ स्थान अर्थात ५५ औं स्थानमा रहेको कतारविरुद्ध खेल्दैछ ।

एसियन च्याम्पियनविरुद्धको खेल कठिन हुने भए पनि रक्षात्मक रणनीति लिने र काउन्टर एट्याक तथा सेट पिसेस गोलका अवसरमा ध्यान दिने प्रशिक्षक महर्जनले बर्ता । वान टू वान मार्क गरेर खेल्न सकिए सहज हुने प्रशिक्षकको भनाइ थियो । कतार नेपालका लागि नयाँ प्रतिद्वन्दी पनि हो ।

नेपालको यस उमेर समूहको टोलीले अहिलेसम्म कतारको सामना गरेको छैन । पहिलो खेलमा शुक्रबारै अफगानिस्तानलाई २–० गोलअन्तरले पराजित कतारको मनोबल उच्च छ ।

प्रतियोगिता सुरु हुनुअघिको पत्रकार सम्मेलनमा कतार टोलीका मुख्य प्रशिक्षक अल्बर्टो फर्नान्डेजले आफूहरु थाइल्याण्डमा अर्कोवर्षको सुरुमै हुने प्रतियोगिता खेल्न आतुर रहेको बताएका थिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया