३२ किलो सुन प्रकरण: ३४ करोड रुपैयाँ जरिबानासहित ५ जनाविरुद्ध मुद्दा

 चैत १०, २०७५ आइतबार १८:५७:७ | अर्जुन पोख्रेल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट बरामद भएको ३२ किलो सुन काण्डमा राजश्व अनुसन्धान विभागले ५ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको छ ।

सुन तस्करीमा संलग्न भएको आरोपमा लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा इन्दिरा विक र झंकरबहादुर विक विरुद्ध जिल्ला अदालतमा राजश्व छलीको मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

उनीहरुविरुद्द ३ वर्ष कैद, १६ करोड ९२ लाख रुपैयाँ विगो र ३३ करोड ८५ लाख ६० हजार जरिबानासहित मुद्दा दर्ता गरिएको छ । गएको फागुन ४ गते पुनर्वासबाट दुई पोकामा १ सय ४२ प्याकेट सुन बरामद भएको थियो । 


 

अन्तिम अपडेट: चैत १०, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया