किरियापुत्रीले दिए एसईई परीक्षा

 चैत १०, २०७५ आइतबार १९:४६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप - आइतबारबाट शुरु भएको एसईई परीक्षामा दोरम्बा गाउँपालिका वडा नं-६, लखनपुरको कालिका नमुना माविमा अध्ययनरत राम गौतमले आफ्नो बुबाको मृत्युपछि कोरामा बसेकाे अवस्थामा परीक्षामा सामेल भएका छन् । 

उनका पिता गणेश गौतमको चैत्र ८ गते निधन भएको थियो । बाबुको निधनपछि कोरामा बसेका गौतमले एसईई परीक्षामा दिने अनुरोध गरेसँगै उनलाई परीक्षा दिने व्यवस्था मिलाइएको हो । उनको परीक्षा केन्द्र सुनापति गाउँपालिका वडा नं-२ दिमीपोखरीमा रहेको कृष्णवर्णेश्वर मावि मानपुरमा भए पनि शिक्षा विकास तथा समन्वय इकाई रामेछाप, जिल्ला प्रशासन कार्यालय रामेछाप र कालिका मावि विद्यालयको सयुक्त पहलमा उनलाई आफू पढ्दै आएको विद्यालयमै परीक्षा दिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयाे ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया