एसईई परीक्षाको एक दिन अगाडि नै प्रश्नपत्र बाहिरियो, सम्बन्धित निकायकै मिलोमतोमा प्रश्नपत्र बाहिरिएको खुलासा

 चैत १४, २०७५ बिहिबार १०:२०:३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा जारी एसईई परीक्षाको एक दिन अगावै प्रश्न पत्र आउट भएको छ । 

एसईई परीक्षामा सामेल भएका विद्यालयका प्रमुखहरुले एक दिन अगावै एसईई परीक्षाको प्रश्न पत्र सामाजिक संजाल मार्फत एक–अर्कालाई आदान प्रदान गरेको तथ्य फेला परेको छ । यस वर्षको एसईई परीक्षा अन्तर्गत विहीबार विज्ञान विषयको परीक्षा भैरहेको छ । तर, विज्ञान विषयको प्रश्न पत्र बुधबार राति नै आउट भएको र अर्कालाई सामाजिक संजाल मार्फत् शेयर गरेको पाइएको छ । 

श्रोतका अनुसार प्रश्न पत्र आउट गर्नका लागि जिल्ला शिक्षा समन्वय समितिदेखि शिक्षा क्षेत्रका माफिया र परीक्षा केन्द्रमा नै सैलग्न शिक्षकहरुको मिलोमतोमा आर्थिक चलखेल गरेर प्रश्नपत्र आउट भएको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार एसईई परीक्षामा प्रत्यक्ष रुपमा संलग्न भएका नीजि विद्यालयका संचालकहरुबीच यो प्रश्न पत्र ह्वाट्स एप र इमोमा आदान प्रदान गर्ने गरेको तथा त्यसमा जिल्ला शिक्षा समन्वय समितिदेखि स्थानीय प्रहरी प्रसाशनको समेत मिलोमतो हुन सक्ने अनुमान गरिएको छ । 

शिक्षा समन्वयका एक जना कर्मचारीले नै सो प्रश्नपत्र आर्थिक चलखेल गरेर आउट गर्ने गरेको श्रोतको दाबी रहेको छ । 

श्रोतका अनुसार लाखौंको रकम चलखेल गरेपछि एक दिन अगावै यो प्रश्न बाहिर आएको हो । यसअघि पनि एक दिन अगावै प्रश्न पत्र बाहिर आइरहेको जानकारी आए पनि तथ्य फेला पर्न सकिरहेको थिएन । 

यस सम्बन्धमा जिल्ला शिक्षा समन्वय समितिका कर्मचारी छवी खड्कासँग सोध्दा योे विषयमा आफूलाई केही जानकारी नभएको र के रहेछ भनी बुझ्न लागिरहेको प्रतिक्रिया दिँदै पन्छिन खोज्नुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया