पढाइ पूरा गर्न नसकेका कलाकार, जो बने बलिउडमा सुपरस्टार

 चैत १४, २०७५ बिहिबार १६:४:४९ | एजेन्सी
unn.prixa.net

अहिलेको वर्तमान समयमा मानिसको जीवनमा शिक्षाको निकै महत्वपूर्ण भूमिका रहेको छ । कतिपयले आफ्नो जीवनको अधिकांश समय शिक्षा आर्जनमै खर्च गर्छन् ।

तर आज हामी बलिउडका ती स्टार कलाकारका बारेमा चर्चा गर्दैछौं, जो स्कुल वा कलेजको पढाइमा भने पछाडि नै छन् । तीमध्ये कोही स्कुलसम्म पनि गएका छैनन् । तर पढाइ नगरे पनि वा धेरै पढ्न नसके पनि यी कलाकारले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । ती कलाकारमध्ये सबैभन्दा पहिले अभिनेता आमिर खानको चर्चा गरौँ । 

आमिर खानले बलिउड फिल्म उद्योगमा २४ वर्ष देखि राज गरिरहेका छन् । तर आमिर खानले १२ कक्षा पनि पास गर्न सकेका छैनन् । कलेजको पढाइ पूरा गर्न नसके पनि आमिर खानले बलिउड फिल्म उद्योगमा भने मिस्टर पर्फेक्टसनिष्टको रुपमा पहिचान बनाएका छन् ।  यतिबेला आमिर खान आगामी फिल्म ‘लाल सिंह चड्ढा’ का कारण चर्चामा छन् । 

अभिनेता सलमान खानले उनको स्कुल सम्मको पढाइ सिन्धिया स्कुल ग्वालियरबाट गरेका थिए । त्यस पछि उनी मुम्बई आए र सेन्ट स्टीन्लोस स्कुल अफ मुम्बईबाट हाइस्कुलसम्मको पढाइ पूरा गरेका थिए । त्यस पछि ग्रयाजुयशनका लागि उनी मुम्बईको नेशनल कलेजमा भर्ना भएका थिए । तर उनी कहिल्यै कलेज गएनन् । तसर्थ सलमान खानले हाईस्कुल सम्मको मात्रै पढाइ गरेका छन् । 

यतिबेला बक्सअफिसमा राम्रो व्यापार गरिरहेको फिल्म ‘केसरी’ का अभिनेता अक्षय कुमारले गुरुनानक खालसा कलेज मुम्बईमा ११ कक्षामा भर्ना भएका थिए । तर उनी कलेजको परीक्षामा कहिल्यै सहभागी भएनन् । एक अन्तरवार्तामा अक्षयले भनेका थिए कि, उनले विद्यालयको पढाइलाई कहिल्यै प्राथमिकता दिएनन् । तर उनको जीवनमा अनुशासनको भने महत्वपूर्ण भूमिका रहेको बताएका थिए । 

यस्तै फिल्म निर्माता बोनी कपूरका छोरा अर्जुन कपूर १२ कक्षा फेल हुन् । तर बलिउड फिल्म उद्योगमा अर्जुन आफ्नो पहिचान बनाउन सफल अभिनेता हुन् । यतिबेला उनी अभिनेत्री मलाइका अरोडासँगको प्रेम सम्बन्धका कारण चर्चामा छन् ।

 

बलिउड अभिनेत्रीहरुको कुरा गर्दा अभिनेत्री कट्रिना केफको बारेमा चर्चा गरौं । कट्रिना केफको पारिवार व्यवसायका कारण स्थान परिवर्तन गरिरहन्थ्यो । यही कारण उनी कहिल्यै स्कुल जान पाइनन् ।  कट्रिना उनका ७ जना दिदी बहिनीमध्येकी एक हुन् भने उनका एक भाइ पनि छन् । उनी सानै हुँदा उनका अभिभावकहरु छुट्टिसकेका थिए । १४ वर्षको उमेरबाटै कट्रिनाले उनको मोडलिङ करियर शुरु गरेकी थिइन् । यही कारण पछि पनि उनले कहिल्यै स्कुल वा कलेज जान समय नै पाइनन् ।  

यसैगरी ९० को दशकमा बलिउडमा राज गर्न सफल अभिनेत्री हुन्, करिश्मा कपूर । त्यस समयमा करिनाले कयौं हिट फिल्ममा काम गरेकी थिइन् । तर पढाइको कुरामा भने उनी पनि पछाडि नै छिन् । करिश्माले केवल ६ कक्षा सम्म मात्रै पढेकी छिन् । 

यस्तै अहिलेकी चर्चित अभिनेत्री आलिया भट्टले पनि स्कुलसम्मको मात्रै पढाइ गरेकी छिन् । सानै उमेरबाट बलिउड करियर सुरु गरेकी आलियाले छोटो समयमै एक पछि अर्को गर्दै सुपरहिट फिल्महरु दिइरहेकी छिन् । आलिया भट्टले जमनाबाई नर्सी स्कुल, मुम्बईबाट हाईस्कुलसम्मको अध्ययन पूरा गरेकी छिन् । 

अभिनेत्री काजोलले १६ वर्षकै उमेरमा फिल्म ‘बेखुदी’ बाट डेब्यू गरेकी थिइन । काजोल बलिउडकी चर्चित अभिनेत्रीहरु मध्येकी एक हुन् । एक समय बलिउड फिल्ममा राज गर्न सफल अभिनेत्री काजोलको अहिले पनि बलिउडमा त्यतिकै चर्चा हुने गर्छ । बलिउडमा सक्रिय अभिनेत्री काजोलले स्कुलसम्मको पढाइ पनि पूरा गर्न सकिनन् । 

बलिउडकी अभिनेत्री कंगना रनावतले बलिउडमा अहिले जुन सफलता हासिल गर्दै आफ्नो अलग पहिचान बनाएकी छिन्, उनले यहाँसम्म आइपुग्नका लागि पनि त्यति नै कडा मेहनत र संघर्ष गरेकी छिन् । कंगना १२ कक्षा फेल हुन् । उनले १२ कक्षामा फेल भएपश्चात् अगाडिको पढाइ पूरा गर्ने सोच नै छोडिदिएकी थिइन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया