विप्लव नेतृत्वकाे नेकपाका जनपरिषद उप–प्रमुख पक्राउ

 चैत १४, २०७५ बिहिबार १९:३७:४१ | दयाराम आचार्य

नवलपरासी - नवलपुर प्रहरीले नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वकाे नेकपा का जिल्ला नेताहरुलाई सक्रियतापूर्वक नियन्त्रणको कार्य बढाएको छ । सरकारले चन्द समूहलाई प्रतिबन्ध लगाएलगत्तै प्रहरीले जिल्लाका नेता पक्राउ गर्ने क्रम सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले बिहीबार जिल्लाको देवचुली नगरपालिकाबाट दुई जना चन्द समूहका नेतालाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्ला जनपरिषद उप–प्रमुख दीपककुमार घर्ती सोमै(सम्राट) र नेकपा जिल्ला सदस्य पारस गौतमलाई देवचुलीबाट नियन्त्रणमा लिएको हो ।

सोमैलाई उनकै घर र गौतमलाई चौधरी उद्योग नजिकबाट नियन्त्रणमा लिएको  प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।

प्रहरीले केही दिनअघि जिल्ला इञ्चार्ज ,जनपरिषद प्रमुख सहित अर्का एकजनालाई समेत पक्राउ गरेको थियो  ।

अन्तिम अपडेट: चैत २३, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया