मौसमले साथ दिए तत्काल ‘नाइट भिजन’ हेलिकप्टरबाट उद्दार सुरु हुन्छ : प्रधानमन्त्री

 चैत १७, २०७५ आइतबार २३:४४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर- एपी वान टेलिभिजन

काठमाण्डौ – आइतबार साँझ आएको विनाशकारी हावाहुरीका कारण बारा, पर्सालयागतका तराईका जिल्लामा कम्तीमा २५ जनाको ज्यान गएको छ । ४ सय भन्दा बढी घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनु भएको छ । 

हावाहुरीले इँटा भट्टा, बिजुलीका पोल लडाएको छ । त्यस्तै गुडिरहेका गाडी नै पल्टाउने गरी हावाहुरी आएको बताइएको छ । 

प्रधानमन्त्री ओलीले भोलि बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको बताउनु भएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाण्डौको एयर बेसमा ‘नाइट भिजन’ हेलिकप्टर तयारी अवस्थामा राखिएको प्रधानमन्त्री ओलीले जानकारी दिनु भएको छ । 

प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीसँगै उद्दारमा संलग्न रहन सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भएको छ ।

अहिले पनि स्थानीय स्तरमा रहेका प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्दार र राहतका काम गरिरहेको छ । घाइतेहरुलाई वीरगञ्ज उपक्षेत्रीय अस्पताल तथा विभिन्न अस्पतालमा उपचारका लागि लैजाने क्रम चलिरहेको छ ।

 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया