बुटवलमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु

 चैत १९, २०७५ मंगलबार ८:३१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – बुटवलमा टिप्परको ठक्करबाट एकजनको ज्यान गएको छ । 

बुटवलको औद्योगिक क्षेत्र नजिकै लु २ ख २२२५ नम्बरको टिप्परले लु २२ प ४९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुटवल बहुमुखी क्याम्पसमा उपप्राध्यापक ५० वर्षीय डोलराज अर्यालको ज्यान गएको हो । 

बुटवलबाट देवदह–४ मा रहेको घरतर्फ जानेक्रममा अर्याललाई सोमबार बेलुका टिप्परले ठक्कर दिएको थियो । अर्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति निधन भएको प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया