हावाहुरी पीडित परिवारका लागि सुदूरपश्चिम प्रदेशले एक करोड दिने

 चैत १९, २०७५ मंगलबार १५:२४:२६ | निर्मला खडायत
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्सा जिल्लामा हावाहुरीबाट पीडित बनेका परिवारलाई राहत दिने भएको छ । 

हावाहुरीमा ज्यान गुमाएका, घाइते भएका र विस्थापित भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ राहत रकम प्रदान गर्ने  निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहले प्रदेश नम्बर २ सरकारको राहत कोषमा त्यो रकम पठाउने बताउनुभयो । यस्तै मन्त्रिपरिषद्को बैठकले हावाहुरीका कारण प्रदेश २ मा भएको क्षति र घटनाप्रति दुःखसमेत व्यक्त गरेको छ ।

यसअघि प्रदेश तीन सरकारले पनि बारा, पर्सामा हावाहुरीबाट पीडित भएका नागरिकका लागि एक करोड सहयोग गर्ने बताएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया