भारतको मिसाइल परीक्षण खतरनाक : नासा

 चैत २०, २०७५ बुधबार ७:४९:५८ | एजेन्सी
unn.prixa.net

अमेरिकाको अन्तरिक्ष प्रोग्राम एजेन्सी नासा (द नेशनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेशन) को प्रमुख जिम ब्राइडेन्स्टाइनले भारतले उसकै भू उपग्रह खसालेको कार्यलाई ‘खतरनाक’ भएको बताएका छन् ।  

भारतले अन्तरिक्षको ३ सय किलोमिटर टाढा लो अर्थ अर्बिट ९एलईओ० स्याटेलाइट खसालेको थियो । जसले अन्तरीक्षमा ४०० टुक्रा फोहोर फैलिएको छ ।

जिमले भने ‘यो इन्टरनेशनल स्पेश स्टेसन (अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र)का लागि खतरा हो ।’ भारतले मिसाइल परीक्षण गरेको पाँच दिनपछि जिमले यस्तो बताएका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अब अन्तरीक्षको महाशक्ति बन्ने घोषणा गरेका थिए । मोदीले देशबासीका नाममा सम्बोधन गर्दै भनेका थिए ‘भारतले आफ्नो नाममा अन्तरिक्ष महाशक्तिका रूपमा दर्ता गराइसकेको छ, विश्वका तीन देश अमेरिका, रूस र चीनले मात्रै यो उपलब्धि प्राप्त गरेको छ । अब यो पंक्तिमा भारत पनि सहभागी भएको छ ।’ 

जिमले भनेका छन् ‘भारतले जुन उपग्रहको निशाना बनाएको थियो त्यो धेरै टुक्रा भएको थियो । धेरै ठूला टुक्रा छन् हामीले साना टुक्राको 'ट्रयाक' गरेका हौँ ।अहिले ठूलो टुक्राको खोजि गरिरहेका छौँ । हामी १० सेन्टिमिटर अथवा त्यो भन्दा ठूला टुक्राकाबारेमा कुरा गरिरहेका छौँ । ठूला टुक्रामा ६० सेन्टिमिटरसम्मको टुक्रा भेटेका छौँ ।’

भारतले तुलनात्मक रुपमा कम उचाइको उपग्रहलाई निशाना बनाएको थियो । यो उचाइ तीनसय किलोमिटरको थियो । २००७ मा चीनले ८०० किलोमिटरभन्दा माथि आफ्नो उपग्रह नष्ट गरेको थियो । ३०० किलोमिटरको उचाइ इन्टरनेशनल स्पेस स्टेसन (आईएसएस)को नजिकै हो ।

नासाका प्रमुखका अनुसार अन्तरीक्षमा नष्ट भएको भारतीय उपग्रहको २४ टुक्रा आईएसएसको माथि गएको छ । यस्तो गतिविधि भविष्यमा अन्तरीक्षमा जाने यात्रीहरुको लागि प्रतिकुल हुने वैज्ञानिकहरुको दाबी छ ।

भारतको विदेश मन्त्रालयले भने कुनै अन्तरीक्ष अवेशष उत्पन्न नहोस् भन्नको लागि आफूहरुले तल्लो वायुमण्डलमा परीक्षण गरेको बताएका थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया