सानेपामा ट्रक पल्टिएर भ्यानलाई किच्दा दुईजनाको मृत्यु

 चैत २२, २०७५ शुक्रबार १२:५०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर –  सानेपामा ट्रक पल्टिएर भ्यानलाई किच्दा भ्यान चालकसहित २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

शुक्रबार बिहान दुर्घटना हुँदा घाइते भएका दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पाको उपचारको क्रममा जावलाखेलमा रहेको अल्का अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएकी धनुषा घर भई ललितपुरको बुङ्गमती बस्दै आएकी स्मृती मगरको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।

बिहान ना १ घ ५३३ नम्बरको ट्रक पल्टिएर बा ७ च २१३१ नम्बर भ्यानलाई किच्दा दुर्घटना भएको हो । 

तस्बिर : सुजन कार्कीकाे फेसबुकबाट

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया