हराइरहेका युवककाे शव भेटियाे

 चैत २३, २०७५ शनिबार १५:४८:३ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – शुक्रबारदेखि हराइरहेका एक व्यक्तिकाे सिद्धिचरण नगरपालिका वडा नं-३, को बरबोटे भीरमा शनिवार शव फेला परेकाे छ ।

सिद्धिचरण नगरपालिका वडा नं-८, जरङ्गेका ३१ वर्षीय रामजी गुरुङको शुक्रबारदेखि हराइरहेका र उनको शव शनिबार फेला परेको थियो । 

स्थानीयले भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले स्थानीयको सूचनाका आधारमा शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ । 

शव भीरमा भेटिएकाले लडेर ज्यान गएको हुनसक्ने भए स्थानीयकाे अनुमान भए पनि घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया