धरानमा बस पल्टियाे : ४ जनाकाे ज्यान गयाे

 चैत २५, २०७५ सोमबार १४:४६:४८ | सुमन पुरी
unn.prixa.net

तस्बिर : मकालु खबर

सुनसरी - धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ज्यान जानेहरुकाे पहिचान खुलेकाे छैन । 

ना ६ ख २७१३ नम्बरको बस पल्टिँदा ४ जनाको ज्यान गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले इटहरीले जनाएको छ ।

बस पल्टँदा च्यापिएर ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । बस पल्टिएर बिजुलीको पोलमा अगाडिपट्टिको भाग ठोकिएको छ ।

दुर्घटनामा परि घाइते भएका हरुलाई उपचारका लागि बीपी प्रतिष्ठान धरान लगिएको छ ।  दुर्घटनाकाे थप विवरण आँउन बाँकी छ । 

अन्तिम अपडेट: चैत १, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया