इण्डियन प्रिमियर लिग : आज मुम्बई र पञ्जाब खेल्दै

 चैत २७, २०७५ बुधबार १२:३२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईपीएल क्रिकेट अन्तर्गत बुधबार एउटा मात्रै खेल हुने भएको छ । नेपाली समय अनुसार राति सवा ८ बजे मुम्बई इण्डियन्स र किंग्स इलाभेन पञ्जाब आमने सामने हुने छन् । अहिलेसम्म यी दुई टिमका बीचमा भएका २३ खेल मध्ये १२ मा मुम्बई र ११ मा पञ्जाव विजयी भएको छ । 

मुम्बईको घरेलु मैदान वानखडेमा यी दुई टिम ८ पटक भिड्दा दुवैले ४–४ खेल जितेका छन् । पञ्जाबले मुम्बईलाई २०१७ मा पराजित गरेको थियो । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले मुहालीमा हारेको बदला लिने प्रयासमा हुने छ । रविचन्द्र आश्विनको कप्तानीमा रहेको पञ्जाबले घरेलु मैदान मोहालीमा ८ विकेटले मुम्बईलाई पराजित गरेको थियो । 

वानखडे स्टेडियममा घरेलु टोली मुम्बईले चेन्नईलाई पराजित गरेको थियो भने हैदराबादको मैदानमा उसैलाई पराजित गर्दै उच्च लय कायमै गरेको छ । आजको खेल अघिसम्म पञ्जाबले ६ खेलबाट ८ अंक जोड्दा एक खेल कम खेलेको मुम्बईले ६ अंक जोडेको छ ।

मुम्बईले ५ खेलमध्ये ३ खेले जीते पनि ब्याटिङमा समस्या छ । उसको कुनै पनि खेलाडी आईपीएलको टप २० भित्र अटाएका छैनन् । सर्वाधिक १३३ रन बनाएका क्विन्ट डीकक २१ औं स्थानमा छन् । अलराउण्डर हार्दिक पाण्ड्याले अन्तिम समयमा तेज रन बनाउन सक्छन् । मुम्बईको हतियार भनेको बलिङनै देखिएको छ । अलजारी जोसेफले ६ विकेट लिएका थिए ।

उता पञ्जाबको ओपनर व्याट्सम्यान क्रिस गेल र लोकस राहुलले ठूलो रनको साझेदारी गर्न सकेका छैनन् । तुफानी व्याटिङ गर्ने गेलले अहिलेसम्म जम्मा १६० रन जोडेका छन् । तर राहुलले भने २१७ रन बनाइसकेका छन् । उनी जारी सिजनमा सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा पनि छन् ।

गेल र राहुलकाबीचमा सर्वाधिक ठूलो साझेदारी भनेको एक पटक अर्धशतकको हो । यस्तै बलिङमा पनि समस्या देखिएको छ । मोहम्मद सामी बाहेक अरु बलरहरु लगातार खेल अनुसार चेन्ज हुँदै गएका छन् । पञ्जाबका लागि रविन्चन्द्र आश्विनले अहिलेसम्म सात विकेट लिएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया