टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो

 चैत २९, २०७५ शुक्रबार १०:४९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

नुवाकोट – नुवाकोटको बट्टारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । 

काठमाण्डौ–त्रिशूली सडक खण्ड अन्र्तगत बट्टारमा शुक्रबार बिहान बा ५ ख २८९८ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नपा–२ बट्टारका २५ वर्षीय दीवाकर खनालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो ।

मोटरसाइकलमा सवार खनालका साथी २४ वर्षिय मुन्ना गुप्ता घाइते भएका छन् । दुर्घटनापछि आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका छन् । 


 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया