सुनसरीको सेउतीमा कार, ट्रयाक्टर र बस ठोक्किए :  तीन जनाको ज्यान गयो

 चैत ३०, २०७५ शनिबार ७:५९:२७ | सुमन पुरी

सुनसरी – शुक्रबार राति धरानबाट  आँउदै गरेको कार, ट्याक्टर र बस एकआपसमा सेउती पुलनजिक ठोक्किँदा तीन जनाको ज्यान गएको छ । 

धरानबाट इटहरीतर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कारले त्यही दिशाबाट आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टर र इटहरीबाट धरानतर्फ जाँदै गरेको को १ ख ४७६१ बसमा ठोक्किँदा कारमा सवार तीन जनाको ज्यान गएको छ । 

प्रहरीका अनुसार इटहरी–५, का अनिल श्रेष्ठ, धनकुटा महालक्ष्मी नगरपालिकाका जनक वुढाथोकी र इटहरी–४, का मदन लिम्बूको ज्यान गएको छ । 

दुर्घटनामा कार चालक र ट्रयाक्टर चालक गम्भीर घाइते भएका छन् । दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बसमा सवार अन्य चार चना भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया