छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो

 बैशाख १, २०७६ आइतबार १७:४६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही - सर्लाहीको नवलपुर-मलंगवा सडक खण्डमा आइतबार भएको जीप दुर्घटनामा एक जनाको ज्यान भएको छ । जीपमा सवार अन्य सात जना घाइते भएका छन् । 

सदरमुकाम  मलंगवाबाट नवलपुर फर्किँदै गरेको बीआर ०१ पी बी ५९५९ नम्बरको भारतीय जीपले मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई जीप सडकमा पल्टिएको थियो । जीप पल्टिँदा सर्लाही वागमती नगरपालिका ८ घर भएका  ४४ वर्षीय चीरञ्जीवी पोख्रेलको ज्यान गएको हो । 

निर्माणाधीन सडकमा पछिल्लो समय तीव्र गतिमा सवारी गुड्ने गरेकाले दुर्घटना बढेको प्रहरीले जनाएको छ । पोख्रेल तत्कालीन नेकपा एमालेका जिल्ला कमिटी सर्लाहीका सदस्य पनि हुन् । 

त्यसैगरी लालबन्दी नगरपालिका-११ पत्थरकोटमा मोटरसाइकलको ठक्करबाट स्थानीय ३५ वर्षीया अनिता जर्गा मगरको ज्यान गएको छ । उनलाई ना ३८ प ८२९५ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका बेला ठक्कर दिएको थियो । मृतक दुवैको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया