प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
बर्दिया– कर्णाली नदीको भंगालो गेरुवा नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना युवा बेपत्ता भएका छन् ।
बर्दियाको मधुवन नगरपालिका कोठियाघाट पुल नजिक कर्णाली गेरुवा नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो दुई युवा बेपत्ता भएका हुन् । बाँके कोहलपुरका १७ वर्षीय दिपेन्द्र कार्की र कैलाली लम्कीका १८ वर्षीय प्रज्वल कोइराला कर्णाली नदीमा डुबेर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो ।
नदीमा बेपत्ता भएका दुवै जनाको नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेको बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।
कोहलपुर त्रिभुवन उच्च माविमा अध्ययनरत ६ जना युवाहरु नयाँ वर्ष मनाउन नदीमा पौडी खेल्न आएका तथा कोठियाघाट पुलमा आएर गेरुवा नदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका र अहिले उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।