प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डाै - आइतबार नेपाललगायत विश्वभरिका फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपका प्रयोगकर्ताहरुले समस्या भोगेका छन्। फेसबुक र इन्स्टाग्राम खोल्दा पहुँचभन्दा बाहिर रहेको समस्या देखाउँछ ।
प्रयोगकर्ताहरुले समाचार फिड ताजा गर्न पनि सकेका छैनन् र फेसबुकको डोमेन नाम पनि उपलब्ध नभएकाे देखाइरहेको छ । व्हाट्सएपमा पनि न सन्देश जान्छ न त सन्देश नै प्राप्त हुन्छ । प्रयोगकर्ताहरुले धमाधम ट्वीटरमा ट्वीट गर्दै समस्याबारे बताइरहेका छन् ।
गत महिना पनि फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप सञ्चालनमा २४ घण्टासम्म समस्या आएको थियो र फेसबुकले किन यस्तो भयो भन्ने बारेमा स्पष्ट पारेको थियो । फेसबुकले सर्भर मर्मतसम्भारका कारण यस्ताे भएकाे बताएको थियो ।
किन पटक पटक यी सामाजिक सञ्जालमा यस्ता समस्याहरु आइरहन्छन् भन्नेबारे फेसबुकले आधिकारिक धारणा राखिसकेको छैन ।