बेंग्लोरलाई हराउँदै मुम्बई इण्डियन प्रिमियर लिगको तेस्रो स्थानमा

 बैशाख ३, २०७६ मंगलबार ६:५०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बेंग्लोरले साताैँ हार ब्यहोरको छ । सोमबार राति भएको खेलमा बेंगलोर मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भयो ।

मुम्बईमा भएको खेलमा पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७१ रन बनायो । उसका लागि एवी डिभिलियर्सले विस्फोटक ७५ रन बनाए । 

उनले ५१ बलमा ६ चौका र चार छक्काको मद्दतले ७५ रन बनाएका हुन् । यस्तै मोयन अलीले ५० रन बनाए भने ओपनर पार्थिव पटेलले २८ रनको योगदान गरे । उसका चार खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

जवाफमा मुम्बइले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्‍यो। मुम्बइको जितमा क्विन डी ककले ४० तथा  कप्तान रोहित शर्माले २८ रन बनाए । यस्तै इशान किशनले २१ र हार्दिक पाण्ड्याले ३७ रन बनाए ।

यो जितपछि बेंग्लोरको प्लेअफको यात्रा लगभग सकिएको छ भने मुम्बई आठ खेलबाट १० अंकका साथ लिगको तेस्रो स्थानमा पुगेको छ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया