जीप दुर्घटनमा एकजनाको ज्यान गयो, ११ जना घाइते

 बैशाख ३, २०७६ मंगलबार ९:१६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर – उदयपुरगढी गाउँपालिका –१ मा जीप दुर्घटना हुँदा एकजनाको घटना स्थलमै ज्यान गएको छ । ११ जना घाइते भएका छन् ।

सोमबार राति कटारीबाट उदयपुरगढी गाउँपालिकाको मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय केशीमाया परियारको ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक प्रेमसागर केसीले बताउनुभयो ।

जीपमा सवार १२ जनामध्ये २ जनालाई उपचारका लागि काठमाण्डौ र एकजनालाई विराटजगर लगिएको छ । अन्य घाइतेको कटारी स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । 


 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया