पुलवामा आक्रमणका शहीद परिवारलाई एक करोड रुपैयाँ सहयाेग गर्दै लता मंगेशकर

 बैशाख ३, २०७६ मंगलबार १७:२१:५९ | एजेन्सी
unn.prixa.net

बलिउडकी सदाबहार गायिका लता मंगेशकरले पुलवामा आक्रमणमा शहीद भएका सैनिक परिवारलाई १ करोड रुपैयाँ सहयाेग गर्ने घोषणा गरेकी छिन् ।

लता मंगेशकरले ‘भारत का वीर’ नामको एपमार्फत यो रकम दान गर्नेछिन् । यो एप भारतको गृह मन्त्रालय अन्तर्गत काम गर्छ । जसका माध्यमबाट शहीद परिवारलाई आर्थिक मद्दत गरिन्छ । 

लता मंगेशकरले उनको व्यक्तिगत बैंक खाताबाट १ करोड रुपैयाँ दान गर्ने भएकी हुन् । लता मंगेशकरको परिवार तथा आफन्तजनले याे रकम बाहेक थप ११ लाख रुपैयाँ पनि शहीद परिवारलाई दान गर्ने बताइएको छ । 

गएकाे फेब्रुअरी १४ मा जम्मु-कश्मीरको पुलवामामा सीआरपीएफका जवानहरु चढेको गाडीमा आतंककारी हमला भएको थियो । त्यस हमलामा ४० जना सुरक्षाकर्मीको ज्यान गएको थियो । त्याे हमलामा ज्यान गुमाएका शहिदका परिवारलाई लता मंगेशकर भन्दा अगाडि पनि बलिउडका अन्य कलाकारहरुले सहयोग गरेका थिए ।

अभिनेता अक्षय कुमारले शहीद परिवारलाई ५ करोड रुपैयाँ सहयाेग गरेका थिए । अभिनेता अमिताभ बच्चनले प्रत्येक शहीदका परिवारलाई ५/५ लाख रुपैयाँ सहयाेग गरेका थिए । 
 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया