लोक सेवा आयोगलाई प्रदेश दुईको पत्र : कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगर्नू, हामी आफै गर्छौं

 बैशाख ३, २०७६ मंगलबार १९:३३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – प्रदेश दुई सरकारले लोक सेवा आयोगलाई पत्र लेख्दै आफ्नो प्रदेशभित्र कर्मचारी भर्नाका लागि विज्ञापन नगर्न आग्रह गरेको छ ।

मंगलबार प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले लोक सेवा आयोगलाई पत्र पठाउँदै संघीय सरकारले भर्खरै कर्मचारी समायोजनको काम सकेकाले अब चाहिने कर्मचारी प्रदेश आफैले भर्ना गर्ने उल्लेख छ ।

नेपालको संविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालयसम्बन्धी अन्य व्यवस्था प्रदेश कानुनबमोजिम हुने व्यवस्था रहेको र धारा २८५ को उपधारा(३) मा ‘प्रदेश मन्त्रिपरिषद्, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकताअनुसार कानुनबमोजिम विभिन्न सरकारी सेवाहरुको गठन र सञ्चालन गर्न सक्नेछन्’ भन्ने व्यवस्था रहेको उल्लेख गर्दै प्रदेश आफैले कर्मचारी भर्ना गर्ने पत्रमा उल्लेख गरिएको छ । यही व्यवस्थाअनुरुप प्रदेश दुईमा प्रदेश निजामती ऐनको विधेयक प्रदेश सभामा पेश भई अन्तिम चरणमा रहेको पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै संविधानको धारा २४४ अनुसार प्रदेश लोक सेवा आयोग गठनको काम अन्तिम चरणमा रहेको बताउँदै लोक सेवा आयोगले प्रदेश र स्थानीय तहमा समेत कर्मचारी भर्ना गर्न लागेको जानकारी पाएको भन्दै मुख्यमन्त्री राउतले आपत्ति जनाउनु भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत बोधार्थ गरिएको पत्रमा लेखिएको छ, ‘प्रदेश नम्बर २ मा गठन हुन लागेको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका लागि कर्मचारी भर्नाको कार्य गर्ने हुनाले प्रदेश नम्बर २ को प्रदेश स्तर र १३६ स्थानीय तहको हकमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगरिदिनुहुन अनुरोध छ ।’

लाेकसेवालाई प्रदेश २ ले लेखेकाे पत्र 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

6 Comments

  • Ssss

    June 20, 2019, 7:05 p.m.

    बरु स्थानीयलाई प्राथमिकतामा राख्नुस, तर भर्ना भने लोकसेवाले गर्नुपर्छ ...मुख्यमंत्रीले होइन /

  •  0 Reply
  • Himal Himal

    June 19, 2019, 4:27 p.m.

    प्रदेश नं‍ 2 काे सरकारले अाफ्नाे हक अधिकारकाे प्रयाेग गर्न खाेजेकाे देखिन्छ तर अाफ्नाे अधिकार प्रयाेग गर्दा अाफ्नाे पाटी र व्यक्तिगत स्वार्थ भन्दा माथी रहेर राज्यकाे लागी हित हुने गरी कार्य गर्न अनुराेध गर्दछु । अाफ्नाे अधिकारकाे प्रयाेगले राज्यकाे लागी दुर्गगामी असर नपराेस ।

  •  0 Reply
  • Janak

    June 15, 2019, 8:51 p.m.

    आफै भर्ना गर्ने भए किन केन्द्रसंग माग गरेको ? केन्द्रमा माग गर्नुको कारण के ? नेपालको राजनीति बुझिनसक्नु छ /

  •  0 Reply
  • vijay kumar mukhiya

    June 15, 2019, 12:02 p.m.

    लोकसेवा भर्ना केन्द्रलाई दिनु पर्छ , यदि प्रदेशलाई दियो भने मेयरहरुले आफ्ना नाता गोतालाई मात्र मौका दिन्छ, हामी जस्ता लाखौँ हजारौंले कहिले पनि मौका पाउँदैनन /

  •  0 Reply
  • श्याम

    April 18, 2019, 7:34 a.m.

    कुरो ठीक हो तर प्रदेश लोक सेवा छैन कर्मचारी अभाव छ कसरी गर्छ प्रदेश २ ले ?

  •  0 Reply
  • मिलन शर्मा

    April 18, 2019, 12:32 a.m.

    प्रदेश लोक सेवा बाट त केवल आफ्नो परिवार र नातागोता तथा Source भएको मान्छे लाई नेपाल सरकार को Job हुन्छ। लोक सेवा आयोग ले विज्ञापन गर्दैन भने गरीब तथा जेहेन्दार विद्यार्थीहरु लाई सरकारी सेवामा प्रवेश गर्न धेरै गाह्रो हुन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया