नेपालमा पहिलोपल्ट सिरिन्ज उत्पादन शुरु
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ - संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
बुधबार समितिको बैठकले थपलियाको नाम सर्वसम्मत अनुमोदन गरेको हो । अनुमोदन गर्नुअघि समितिले उजुरीकर्ता र थपलियासँग छलफल गरेको थियो ।
थपलियाविरुद्ध सुनुवाइ समितिमा ६ वटा उजुरी परेको भए पनि उहाँको नाम सर्वसम्मत अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
थपलियाले सुनुवाइका क्रममा अबको तीन महिनाभित्र उपचुनाव गराउने र अबदेखि हरेक चुनावमा विद्युतीय मतदान प्रणालीको विकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
उहाँले समितिसमक्ष निर्वाचन प्रणालीमा आमूल परिवर्तनको खाँचो रहेको औंल्याउँदै त्यसका लागि सबै स्थानीय तहमा मतदाता नामावली संकलन र अध्यावधिक हुने गरी ‘निर्वाचन समन्वय इकाई’ स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो ।
थपलियाले प्रदेशमा पनि निर्वाचन कार्यालय स्थापना गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भएको थियो ।
यस्तै समितिको बुधबारको बैठकले राष्टिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।
संवैधानिक परिषद्ले गएकाे चैत ११ गते प्रमुख निर्वाचन आयुक्तमा थपलिया र समावेशी आयाेगकाे सदस्यमा ओझाकाे नाम सिफारिस गरेकाे थियाे ।