च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएपछि इटालियन क्लब युभेन्टसको शेयर ह्वात्तै घट्याे

 बैशाख ४, २०७६ बुधबार १८:४:४२ | एजेन्सी
unn.prixa.net

युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएपछि इटालियन क्लब युभेन्टसको शेयर १६ दशमलव १५ प्रतिशतले घटेको छ । सुरुमा २२ प्रतिशतसम्म घटेकाे भए पनि दिउँसाेसम्म आइपुग्दा युभेन्टसकाे शेयर केही सम्हालिएकाे हाे ।

आयाक्ससँग घरेलु मैदानमा दुई-एकले हारेपछि समग्रमा तीन-दुईले पराजित हुँदै बाहिरिएको युभेन्टसको शेयर बजार खुलेको दोस्रो दिन बिहानदेखि नै ओरालो लागेको थियो । जसमा उसको मार्केट भ्यालु एक दशमलव चार एकका दरले घटेर दिनभरमा कुल १६ दशमलव १५ प्रतिशत घट्न पुग्यो ।

 युभेन्टसलाई हराएको आयाक्सको मार्केट भ्यालु भने आठ दशमलव चार ५ अंक बढेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया