लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
बर्दिया – आठौँ राष्टिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियाको बाँसगढीमा भएको पुरुष र महिलातर्फको दुवै खेलको कबड्डी प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत चैत ३० गतेदेखि बाँसगढीमा सुरु भएको २३ औँ पुरुष र १८ औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि नेपाली सेनाले नै जितेको हो ।
बुधबार भएको कबड्डी खेलमा महिलातर्फ नेपाली सेनाले नेपाल प्रहरीलाई २१ का विरुद्ध ३६ अंक ल्याई विजयी भएको हो । यस्तै पुरुषतर्फ भएको कबड्डी खेलमा नेपाली सेनाले प्रदेश नम्बर ५ लाई २१ का विरुद्ध ४२ अंक ल्याएर विजयी भएको हो ।
पुरुषतर्फ प्रदेश नम्बर ५ र महिलातर्फ नेपाल प्रहरीले दोस्रो भएका छन् ।
पुरुषतर्फको खेलमा सशस्त्र प्रहरी बल र प्रदेश नम्बर ४ ले तृतिय उपाधि पाएका छन् भने महिलातर्फको खेलमा प्रदेश नम्बर ५ र प्रदेश नम्बर ७ को टिमले तृतीय उपाधि प्राप्त गर्न सफल भएका छन् ।
बुधबार नै प्रथम, द्वितीय र तृतीय हुने टिमलाई पुरस्कार तथा पदक वितरण गरिएको छ ।
बर्दियाको बाँसगढीमा नगरपालिका ४ मगरपुर गाउँको सामुदायिक वनमा निर्माणाधीन अवस्थामा रहेको कभर्डहलमा कबड्डी खेल प्रतियोगिता भएको थियो ।
कबड्डी खेलको समापन कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीलाई शुभकामना तथा बधाई दिनुभएको थियो ।
बुद्धिचाल खेलमा खुलातर्फ नेपाल प्रहरी र महिलातर्फ नेपाली सेना विजयी
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल खेल प्रतियोगितामा खुलातर्फ नेपाल प्रहरी प्रथम भएको छ भने महिलातर्फ नेपाली सेना प्रथम भएको छ ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज नजिक बर्दियाको ठाकुरद्वारामा रहेको गैँडा क्याम्प रिसोर्टमा सञ्चालित बुद्धिचाल खेल प्रतियोगिताको फाइनल खेलमा खुलातर्फ नेपाल प्रहरीका पुरुषोत्तम चौलागाई प्रथम भएका छन् । नेपाल प्रहरीकै एस. एम. मनिष हमाल द्वितीय र नेपाली सेनाका सजिन महर्जन तृतीय भएका छन् ।
यस्तै महिलातर्फ नेपाली सेनाका डब्ल्यू. एस. एम. सुजन लोहनी ९ खेलमा ९ खेल नै जित्दै ९ अंकका साथ प्रथम भएकी छिन् । नेपाली सेनाकै सिन्दिरा जोशी द्वितीय र प्रदेश नम्बर १ की कृपा अधिकारी तृतीय भएकी छिन् ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।