एनएसजेएफ अर्वाड : उत्कृष्ट प्रशिक्षक क्रिकेटकै जगत टमाटा

 जेठ ३, २०७५ बिहिबार १६:५०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ३ – नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा एनएसजेएफ स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक बनेका छन् ।

नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका जगतले क्रिकेटकै विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठलाई पछि पारे ।

जगतको प्रशिक्षणमा नेपाल विश्वकप छनोटमा आठौँ स्थानमा रहेको थियो । यस्तै उनकै प्रशिक्षणमा विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता बनेको थियो ।यस्तै वर्षको उत्कृष्ट युवा खेलाडी स्पिनर सन्दीप भएका छन् 

नेपाली क्रिकेट टोलीले एक दिवसीय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उपाधि जितेका हुन्।

सन्दीप अहिले दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिग खेलिरहेका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया