बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजना घाइते

 बैशाख ५, २०७६ बिहिबार १२:१५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरामा बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजना घाइते भएका छन् । 

पोखरा ३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै बम डिस्पोज गर्दा कालिभन्ज्याङ गणका धर्मबहादुर थापा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार घाइते थापालाई पोखराको फिस्टेल अस्पतालमा सामान्य उपचार गरी काठमाण्डौको छाउनी अस्पताल ल्याइएको छ ।  
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया