गुल्मीकाे जबरजस्ती करणी घटनाका फरार अभियुक्त अर्घाखाँचीमा पक्राउ

 बैशाख ५, २०७६ बिहिबार १६:३३:१७ | प्रेमनारायण आचार्य

अर्घाखाँची - गुल्मीमा बालिकालाइ जबरजस्ती करणी गरेर फरार रहेका एक जनालाइ अर्घाखाँचीको अर्घातोसबाट प्रहरीले पक्राउ गरेको छ ।

गुल्मीकाे छत्रकोट गाउँपालिका वडा नं-६, खर्ज्याङगमा बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका तानसेन नगरपालिका-५, का अमिर मियाँ पक्राउ परेका हुन् । 
छत्रदेव गाँउपालिका-८ अर्घातोसबाट अर्घाखाँचीको प्रहरी टोलीले हनुमान भन्ने अमिर मियालाइ नगद १ लाख १३ हजार र मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया