संसदीय समितिद्वारा सर्वोच्च अदालतका लागि ५ न्यायाधीश अनुमोदन

 बैशाख ५, २०७६ बिहिबार १९:१:१७ | उज्यालो सहकर्मी

काठमाण्डाै - संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायायाधीशहरुको नाम अनुमोदन गरेको छ । 

समितिको बिहीबार सिंहदबारमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित प्रकाशकुमार ढंगाना, सुष्मलता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र  मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो । समितिको बैठकमा पाँचै जना न्यायाधीशको सुनुवाइ गरी उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरिएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिमा प्रस्ताव न्यायाधीशहरुविरुद्ध ५ वटा उजुरी परेको थियो । त्यस सम्बन्धमा पनि बिहीबार नै उजुरीकर्ताहरुसँग छलफल गरिएको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया