कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
बाँके – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रंगशालामा बिहीबार साँझ ८औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।
पुनर्निर्माण गरिएको रंगशालामा आयोजित भव्य समारोहमा राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकास र खेलाडीहरुको आवश्यकतालाई पूरा गर्न स्थानीय तहदेखि नै विशेष पहल गर्नुपर्ने बताउँदैे सुविधा सम्पन्न खेलकुदका पूर्वाधार विकास र विस्तारमा जोड दिनुभयो ।
उहाँले खेलाडीहरुको वृत्ति विकासमा यथोचित ध्यान पुर्याउँदै खेलाडीको साथमा राज्य छ भन्ने भावना अझ जागृत गराउन सम्वद्ध सबै पक्षको ध्यानाकर्षण गराउनुभयो । उद्घाटनमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र संघीय सरकारको युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माले आ–आफ्ना सरकारले खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो ।
राष्ट्रय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले देशमा लामो समयपछि दुई वर्षभित्रै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने बताउँदै अहिलेको राष्ट्रिय खेलकुद साफ खेलकुदको छनौट पनि भएको बताउनुभयो ।
राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा एनआरएन गरी ११ टोलीका खेलाडीबीच प्रतिस्पर्धा भैरहेको छ ।
प्रतियोगितामा पाँच हजार २११ खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक, अफिसियसल, रेफ्री सङ्घ प्रतिनिधि गरी ११ हजारको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन बिहीबार भए पनि चैत २७ गतेदेखि नै खेलहरु सुरु भैरहेका छन् ।
प्रतियोगिताको उद्घाटनमा बिहीबार साँझ मार्चपाससँगै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । राष्ट्रिय खेलकुदको सन्दर्भ पारेर सातवटै प्रदेशमा पुर्याइएको ओलम्पिक टर्चको ओलम्पियन सुरेन्द्र हमालले नेपालगञ्ज रङ्गशालामा बाल्नुभयो ।
खेलाडी, प्रशिक्षक, अफिसियललगायत हजारौं सहभागी कार्यक्रमको उद्घाटनमा आतिसबाजी समेत भएको छ । गायिका तथा सांसद कोमल वलीले राष्ट्रिय खेलकुदसम्वद्ध गीत प्रस्तुत गर्नुभएको थियो ।