'नेपाली शब्दसागर'का लेखक वसन्तकुमार शर्माकाे निधन

 बैशाख ७, २०७६ शनिबार १५:३३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालकाे सबैभन्दा ठूलाे शब्दकाेश 'नेपाली शब्दसागर'का लेखक वसन्तकुमार शर्मा 'नेपाल'काे  ९७ वर्षकाे उमेरमा निधन भएकाे छ । लामाे समयदेखि छातीकाे स‌ंक्रमणबाट अस्वस्थ शर्माकाे शनिबार चावहिलमा रहेकाे आफ्नै निवासमा निधन भएकाे हाे ।

वि.सं‍. १९८४ मा काठमाण्डाैकै महाराजगञ्जमा जन्मिएका शर्मा साहित्यकार पनि हुन् ।  'नेपाली शब्दसागर'लगायत उनका करिब एक दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन् । 

संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका शर्माले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया