करेन्ट लागेर दुई जनाको ज्यान गयो, वितरण केन्द्रको लापरबाही भएको स्थानीयको आरोप

 असार १६, २०७५ शनिबार १२:५९:६ | उज्यालो सहकर्मी

बाँके – बाँकेको राप्ती सोनारी –६, लक्ष्मीपुरमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । 

गाउँमा रहेको ट्रान्सफर्मर हाई भोल्टेजका कारण पड्केर गाउँमा आगलागी भएको प्रहरीले जनाएको छ । 

मृत्युु हुनेमा स्थानीय सुरेश चौधरी र टिकाराम चौधरी रहेका छन् । यसैगरी स्थानीय तिला शाही, कमला बुढाथोकी, दिनेश बुढाथोकी घाइते हुनुभएको छ । घाइतेमध्ये तिलाको नेपालगन्जमा उपचार भइरहेको छ ।

वडा नम्बर १ का अध्यक्ष जनक थारुले विद्युतको वितरण केन्द्रको लापरबाहीले घटना भएको भन्दै छानविन दोषीलाई कारबाही तथा पीडितलाई निःशुल्क उपचार र क्षतिपूर्तिको माग गर्नु भएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया