वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
पब्जी इन्टरनेटमा खेलिने एउटा युद्ध अर्थात लडाइ गर्ने विशेष खालको खेल हो । खेल्दाखेल्दै जसले लडाइँ जित्छ त्यो नै विजेता बन्छ । बालबालिककाहरु जसरी पनि त्यसलाई जित्न चाहन्छन् । लगातार चार पाँच घण्टा, छ, सात घण्टासम्म खेलिराख्ने, नखेल भन्दा नमान्ने हुन्छन् । यसले समस्या त आउँछ नै, साथै समयको पनि नोक्सानी हुन्छ ।
पब्जी खेल्न थालेपछि उनीहरुले आफ्नो होमवर्क गर्न पाउँदैनन्, राम्रोसँग सुत्न पाउँदैनन् । समग्रमा उनीहरुको पढाइ अनि बानी बिग्रिन्छ । लडाइँमा प्राकृतिक रुपमा पनि अति नै आक्रामक हुने, मार्ने पिट्ने गरेर जित्ने भएको हुनाले उनीहरुको भावनामा असर परेको भेटियो ।
धेरै पब्जी खेल्ने बालबालिका बढी रिसाउने, आक्रामक खालको व्यवहार गर्ने, भनेको नमान्ने जस्ता समस्या देखियो भने यस्तो गेम खेल्न नदिनु नै राम्रो देखियो । पब्जी मात्रै होइन, यस्तै अन्य इन्टरनेटको माध्यमबाट लामो समयसम्म खेलिने खेल पनि बालबालिकाको समग्र विकासमा असर गर्ने भएकाले यस्ता खालका खेल बालबालिकाको लाग हानिकारक छ ।
खेलमा मात्रै ध्यान केन्द्रित भएपछि पढाइमा अविभावक तथा शिक्षकले भनेको काममा आफ्नो प्रतिक्रिया राम्रोसँग दिन सक्दैनन् । बालबालिकाको जुन साधारण विकास हो, त्यो नभएर उनीहरुमा विभिन्न खालको मानसिक समस्या आउँछ । तर यो कतिसम्म सत्य हो अहिले नै भन्न सकिएको छैन ।
तर पनि यसरी पब्जी खेल्ने बालबालिकामा ध्यान केन्द्रित गर्ने क्षमतामा असर परेको हुन्छ । कुनै पनि काममा ध्यान केन्द्रित हुँदैन । योचाहिँ सत्य हो । पढाइमा भनौं या अरु जुनसुकै काममा पनि उनीहरुले ध्यान केन्द्रित गर्नै सक्दैनन् । त्यसले गर्दा उनीहरुको समग्र जीवनमा असर गरेको हुन्छ ।
त्यसैले बालबालिकालाई पब्जीलगायत इन्टरनेटमा भुल्ने लतबाट छुटकारा दिलाउन सक्नुपर्छ । एकछिन भुलाउनका लागि बालबालिकालाई मोबाइल खेलाउन दिने, खेल खेल्न सिकाउने गर्दा पछि उनीहरुलाई यही बानी पर्छ । जतिबेला पनि फ्री भयो कि फोन चाहिने हुन्छ । त्यो नगरेर उनीहरुसँग स्वस्थ जीवन बिताउने, कुराकानी गर्ने, कथा सुनाउने, आफू नै उनीहरुसँग खेल्ने, उनीहरुलाई आफै खेल्न चल्न दिनुपर्छ ।
उनीहरुलाई बन्देज लगाउने नभइ आफँै खेल्न दिनुपर्छ । उनीहरु ठूला मान्छेजसरी चुप लागेर बस्न सक्दैनन् । त्यसैले स्वस्थ किसिमले खेलौनामा या माटोमा खेल्न दिनुपर्छ ।
बालबालिकालाई ‘सेन्सर स्टिमुलेसन चाहिन्छ, सेन्सर स्टिमुलेसन भन्नाले हाम्रो पञ्च ईन्द्रीयहरु आँखा, नाक, कान, मुख चलायमान हुनु हो । यिनिहरु चलायमान भएर विभिन्न संकेतहरु उनीहरुको मस्तिकष्मा पुग्नुपर्छ । हाम्रो गन्धबाट, आवाजबाट, आँखाले धेरैखालका रंगहरुं हेर्दा विकासमा सहयोग पुग्छ । त्यस्तै छोएर, मसाज गरेर उनीहरुको विकासमा धेरै सहयोग पुग्छ ।
बासनाले, संगीतले उनीहरुको विकासमा सहयोग गर्छ । यसलाई टेण्डर लविङ केयर भन्छ । बालबालिकालाई सेन्सर स्टिमुलेसन हाम्रो विभिन्न इन्द्रियबाट मस्तिष्कमा पुग्ने भएकाले इन्द्रियलाई चलायमान गर्न बालबालिकालाई तेल मालिस गर्नेदेखि लिएर माया गर्ने, मुसार्ने गरिन्छ जुन आफैँमा ठिक चलन थियो ।
पहिले बालबालिकालाई हेर्ने या स्याहारसुसार गर्ने चलन ठिक थियो । अहिले बालबालिकालाई एक ठाउँमा बस भनेर आफ्नो बालबालिकालाई समय नदिँदा धेरै समस्या आएको छ । बालबालिका राम्रो बनाउने या राम्रोसँग हुर्काउने हो भने बाबुआमा या अभिभावकले समय दिनै पर्छ ।
बालबालिकालाई यसो गर उसो गर भनेर सिक्दैनन् । आफूले जस्तो व्यवहार गरिन्छ, उनीहरुले त्यही सिक्छन् । त्यसैले उनीहरुको बानी राम्रंो होस् भनेर आफ्नो बानीमा सुधार गर्नु पर्छ । आफूले देखाएपछि मात्रै बालबालिकाले सिक्छन् ।
बालबालिकालाई मोबाइल दिँदा, फेसबुकलगायतका सामाजिक सञ्जाल चलाउन सिक्छन् होलान् । अरु इन्टरनेटको चलाउने तरिका जान्छ होला । तर उनीहरुको समग्र विकास जस्तै मानसिक, सामाजिक, भावनात्मक, शारीरिक र नैतिक विकासमा असर पर्छ । स्मार्ट फोनको माध्यमबाट खेलिने खेलले उनीहरुको त्यो विकास हुन सक्दैन । यसतर्फ सबैले बेलैमा ध्यान पुर्याउनुपर्छ ।
डा. कपिलदेव उपाध्याय मनाेचिकित्सक हुनुहुन्छ ।
खड्ग बहादुर राई
April 24, 2019, 3:06 p.m.प्रस्तुत सामाग्री शिर्षकसम्मत देखिएन । शिर्षक अनुसार त बालबालिकालाई पब्जिको लतबाट छुटाउने उपायहरु पो उल्लेख गर्नुपर्ने होइन र ? पब्जिले पारेको नकारात्मक प्रभाव त थाहा भईसकेको नै छ नि । शिर्षक एकातिर दिने अनि सबैले जानिरहेको कुरानै उल्लेख गर्ने हो र हजुर ? के औचित्य रह्यो र यो पोस्टको ? कतिनै उपयोगी सामाग्री भेटियो भनेर खुशी भएर पढेको त बेकारै भयो ।