मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
सप्तरी - सप्तरीमा मंगलबार भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ ।
शम्भुनाथ नगरपालिका-४ मा रहेकाे पूर्व पश्चिम राजमार्गकाे सडकखण्डमा पिकअप भ्यानको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको हाे । पूर्वबाट पश्चिमतर्फ जादै गरेको को१च ८४०० नं.को पिकअप भ्यानले पैदल यात्री शम्भुनाथ नगरपालिका वडा न.-३ बस्ने ७० वर्षीय मखनि देवी थरुनीलाई ठक्कर दिइ घाइते भएकोमा उपचारको लागि लैजाँदै गर्दा बिच बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको तथा घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकामा एक जनाको लडेर ज्यान गएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा न.२ बस्ने ६५ वर्षीय फनिक लाल सदा त्यसै नगरपालिका-३ मा रहेको दिनानाथ भद्रि मन्दिरमा पूजा गर्न गएको बेला अचानक बेहोस भएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेहोश भएका सदालाई तत्काल स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएकाे प्रहरीले जनाएको छ ।