कपडा किन्न बजार गएकी १६ वर्षीया बालिका एक हप्तादेखि सम्पर्कविहीन

 बैशाख ११, २०७६ बुधबार २०:५०:४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको रुपनी गाउँपालिकाकी १६ वर्षीया बालिका गएको एक हप्तादेखि सम्पर्कविहीन छिन् ।

स्थानीय विष्णुदेव सरदारकी छोरी आरती कुमारी सरदार गएको चैत्र ३० गते देखि सम्पर्कमा आएकी छैनन् । उनका आफन्तजनले प्रहरी र नातेदारको सहयाेगमा उनकाे खाेजी गरिरहेका छन् । 

खोज्ने ठाँउ सबै चाहार्दा पनि कतै नभेटेपछि आरतीका बुबा विष्णुदेवले भन्नुभयोे, ‘घरबाट निस्केको यतिका दिन भयो, कसैको सम्पर्कमा पनि छैन । अब कहाँ जाउँ  ?’

कठौना बजार कपडा किन्न जान्छु भनेर चैत्र ३० गते घरबाट साँझ ४ बजे गएकी बहिनी घर नफर्किएपछि घरमा चुलो बल्न छोडेको आरतीका दाजु कृष्ण कुमार सरदारले बताउनुभयो । उहाँले बहिनीको खोजीमा सहयोग गरिदिन सञ्चारकर्मी, मानव अधिकारकर्मी, प्रहरी प्रशासनलगायतलाई आग्रह गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया