वडा अध्यक्षले इन्जिनियरलाई कुटे

 जेठ ४, २०७५ शुक्रबार ७:३२:३२ | राजु लामिछाने
unn.prixa.net

aathbiskot municipality

रुकुम, जेठ ४ – रकम भुक्तानिको विषयमा कुरा नमिल्दा आठबीसकोट नगर पालिकाका एक वडाअध्यक्षले इन्जिनियरलाई कुटपिट गरेका छन् ।

विहिबार नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मानबहादुर चदाराले वडामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दलाई कुटपिट गरेका हुन् । रकम भुक्तानिको लागि पेश गरेको फाइलमा छिटो काम नगरिदिएको भन्दै आफूलाई कुटपिट गरेको इन्जिनियर चन्दले बताउनुभयो ।

वडामा भएको रेडियो नयाँ नेपालका लागि नगरपालिकाबाट छुट्याएको २५ लाख बजेट भुक्तानिको लागि वडा अध्यक्ष चदाराले फाइल पेश गरेका थिए । ‘अनुगमन गरेर मात्र भुक्तानीको लागि सिफारीस गरौंला’ भन्ने इन्जिनियरको प्रतिक्रियामा वडाध्यक्षले कुटपिट गरेको चन्दले बताउनुभयो ।

नगर कार्यपालिकाको बैठक बसिरहेको बेला खाजाको समयमा वडा अध्यक्षले इन्जिनियरलाई कुटपिट गरेको नगर पालिकाका प्रवक्ता गंगाराम चदाराले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया