शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
बझाङ – मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत र साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृण्ण जोशीलाई मोसो दलेको आरोपमा नेकपा (विप्लव)का एक कार्यकर्ता पक्राउ परेका छन् ।
खप्तड छान्ना गाउँपालिकाका वडा नम्बर–७, का ज्ञानबहादुर चौहानलाई मोसो दलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।उनलाई सदरमुकाम चैनपुर आसपासबाट पक्राउ गरिएको र अहिले प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने काम भैरहेको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । उनी विप्लवका सक्रिय कार्यकर्ता तथा विप्लव निकट शहीद परिवार संगठनका जिल्ला अध्यक्ष रहेको प्रहरीको भनाई छ ।
जनप्रतिनिधि र सरकारी कर्मचारीहरुलाई दुव्र्यवहार गर्ने काममा संलग्न भएका विप्लवका अन्य कार्यकर्ताको खोजी भैरहेको डीएसपी कँडेलले बताउनुभयो । पक्राउ परेका चौहानलाई सार्वजनिक अपराधको मुद्धा लगाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।