विप्लव समूहका बाजुरा जिल्ला इन्चार्जसहित १० कार्यकर्ता पक्राउ

 बैशाख १७, २०७६ मंगलबार १४:४९:३२ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका बाजुरा इन्चार्ज भुपेन्द्र विकसहित १० जना कार्यकतालार्ई हातहतियारसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यलय बाजुराबाट खटिएको प्रहरी टोलीलले बुढिगंगा नगरपालिका–१, अम्कोटबाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी उद्धब सिं भाटले बताउनु भयो ।

प्रक्राउ पर्नेमा बाजुरा इञ्चार्ज भुपेन्द्र विक, सचिव भरत थापा, जिल्ला कमिटि सदस्य अंगराज भण्डारी र पवित्रा विक रहेका छन् । त्यस्तै विद्यार्थी कमिटिका गोरख रोकाया, समीक्षा विक, सुशिला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरुको साथबाट डेटोनेटर २ वटा, हाते ग्रिनेड २ वटा तथा २ पाकेट गन पाउडर (बारुदको धुलो) का साथै चन्दा संकलन गरेको रसिद पनि बरामद गरेको प्रहरी प्रमुख भाटले जानकारी दिनुभयो 
गाउँमा गएर चन्दा संकलन गरिरहेको साथै विभिन्न आपराधिक गतिविधि गर्दै आएको आधारमा प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ७ को दफा १ सय ३८ अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर तथा दफा ५० अनुसार राज्यद्रोहको मुद्धा चलाउने तयारी भएको प्रहरी प्रमुख भाटले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया