आमाले गरिन् दोस्रो विवाह: बालबालिकाकाे बिचल्ली

 बैशाख २०, २०७६ शुक्रबार १६:३५:४२ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान- बनगाड कुपिण्डे नगरपालिका ७ दारिमचौरका ९ वर्षीय मोहन पुन र उनकी ७ वर्षीया बहिनी जुना पुन गाँसबासको अभावमा समस्यामा परेका छन् ।

सानै उमेरमा अभिभावक गुमाएका मोहन र जुना अहिले सहयोगको बाटो हेरिरहेका छन् । 

बुबा वीरबहादुर पुनको तीन वर्ष अघि मृत्यु भएको र आमा तुल कुमारी पुनले दोस्रो विवाह गरे पछि दुई दाइ बहिनी विगत एक वर्षदेखि घुमन्ते जीवन बिताइरहेका छन् । पढ्ने उमेर भैसकेको भए पनि कुनै सहारा नभएपछि उनीहरु अहिले सडक पेटीमा बस्दै आएका छन् । 

साँझ बिहानको छाक टार्न पनि उनीहरुले मागेर गुजारा चलाइरहेको स्थानीय दुर्गा बिसीले बताउनुभयो । अभिभावक नहुँदा उनीहरु विगत एक वर्षदेखि कहिले सडक पेटी र कहिले जङ्गलमा बास बस्दै आएको उहाँले बताउनुभयो । अभिभावकविहीन उनीहरुलाई गाउँघरका मानिसले समेत हेरेका छैनन् । 

अर्कै व्यक्तिसँग विवाह गरेर गएकी आमालाई भेट्न जाँदा आमा तुलकुमारी पुनले मरणासन्न हुने गरी कुटेको ७ वर्षीया जुना पुनले बताउनुभयो । 

नगर उपप्रमुख मन्जु ‌‍ऐरीले दुवै बालबालिकाका लागि सम्बन्धित सरोकारवालासँग छलफल भैरहेको जानकारी दिनुभयो । यस विषयमा आफूलाइ केही दिनअघि मात्रै जानकारी भएको र उनीहरुको सहयोगको लागि नगरपालिकाले पहल गर्ने उहाँले बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया